बागलुङ, १९ गते । बागलुङ बजार क्षेत्रमा व्यवस्थित ढल निकासको कामले गति लिएको छ । बजार क्षेत्रमा रहेको अव्यवस्थित ढलको व्यवस्थापन र कालीगण्डकी नदीमा बढ्दो प्रदुषणलाई रोक्नका लागि व्यवस्थित ढल निकासको काम सुरु गरिएको हो ।
बागलुङ बजारमा व्यवस्थित ढल नभएकाले बीचबीचमा फुट्दा बजारनै दुर्गन्धित हुने र घरमा उत्पादन भएको पानीसँगै शौचालय समेत ढलमा मिसाइदा नदी प्रदूषित भएका कारण व्यवस्थित ढल निर्माणको काम सुरु भएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
ढल व्यवस्थापनका लागि खानेपानी तथा ढल निकास विभागमार्फत बागलुङ बजारको ढल व्यवस्थापनका लागि करिब ७० करोड रुपैँयाँमा सम्पन्न गर्ने गरी त्रिवर्षीय योजनामा समावेश भएको नगरप्रमुख पौडेलले बताए । ढल निकासलाई व्यवस्थित गर्ने र बागलुङ बजार क्षेत्रका सबै क्षेत्रलाई समेट्नेगरी बागलुङ नगरपालिकाले डिपिआर गर्नुपूर्व नै पटक पटक सर्वपक्षीय छलफल समेत गरेको थियो ।
सर्वपक्षीय छलफलका आधारमा नगरवासीको सुझाव सहित डिपिआर तयार भएको र सोही अनुसार चालु आर्थिक वर्षमा काम गर्नेगरी १२ करोड रुपियाँ बजेट विनियोजन भएको नगरप्रमुख पौडेलले बताए । नेपाल सरकारमार्फत विनियोजन भएको बजेटमा बागलुङ नगरपालिकाको समेत केही प्रतिशत लगानी रहनेछ । ढल व्यवस्थापनका लागि बागलुङ बजारमा दुईवटा मेन लाइनमार्फत ढल नदीमा मिसाउँने गरी काम सुरु हुनेछ । बागलुङ बजारको तल्लो भेगमा उत्पादन हुने ढल खनियाघाट र माथिल्लो भेगमा उत्पादन भएको ढल कारागार मुनीको समथर भुभागमा निर्मित ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरी नदीमा मिसाइनेछ ।
बागलुङको भौगोलिक अवस्थाका आधारमा आधुनिक प्रविधिको प्रयोग गरी आयोजना सम्पन्न गरिने आयोजनाले जनाएको छ । ढल निकासको प्रमुख पाइपलाइन, शाखा लाइन, घरघरमा च्याम्बर र ट्रिटमेन्ट प्लान्ट समेत निर्माण हुनेछन् । ‘यस क्षेत्र धार्मिक पर्यटनका हिसावले महत्वपूर्ण गन्तव्यपनि हो, हिन्दु धर्मावलम्बीले सालिग्राम पाइने नदीको रुपमा पुज्ने नदी कालिगण्डकी दिनप्रतिदिन प्रदुषित हुँदै गएकाले त्यसको धार्मिक तथा महत्वलाई ख्याल गरेर शुद्ध पानी मात्र कालिगण्डकी नदीमा मिसाउने योजना बनाएका हौं ।’ नगरप्रमुख पौडेलले भने ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१