महिला पत्रकारलाई अल नेपाल होमिप्याथिक एशोसिएसनको सहयोग

विनिता सुनार
जेठ १८, २०७७
11

पोखरामा क्रियाशील पत्रकार महिलालाई अल नेपाल होमिप्याथिक एशोसिएसन, गण्डकीले कोरोना भाइरसविरुद्ध सुरक्षा सामग्री सहयोग गरेको छ । सो क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिसमेत वितरण गरियो ।

पत्रकार महिलाको भौतिक सुरक्षाको लागि संस्थाका अध्यक्ष डा. विष्णुप्रसाद चापागाईले क्रियाशील महिला पत्रकार (डब्लूडब्लूजे) गण्डकी अध्यक्ष सरिता तिमिल्सिना पगेनीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । जसमा मास्क, सेनिटाइजर, ग्लोब्सका साथै शरीरको प्रतिरोधात्मक क्षमता बढाउने आर्सेनिक एल्ब–३० सी रहेकाे छ।

कार्यक्रममा डा. चापागाईले कोरोना कहरबीच अग्रपंक्तिमा रहेका पत्रकारको रोग प्रतिरोधात्मक शक्ति बढाउन तथा सुरक्षित भएर काम गर्ने वातावरणमा सहयोग पुर्‍याउन सामग्री प्रदान गरिएको बताए ।

डब्लूडब्लूजे गण्डकी अध्यक्ष पगेनीले विपद्मा रिपोर्टिङ गर्दा थप सुरक्षित र जिम्मेवार भएर पत्रकारिता गर्न सुझाव दिइन् ।

एशोसिएसन उपाध्यक्ष किरण गुरुङले सामाजिक उत्तरदायित्वअन्र्तगत कोरोनाविरुद्धको लडाईमा अंग्रपक्तिमा क्रियाशील चिकित्सक, सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक, जनप्रतिनिधि, सामाजिक अभियन्ता विभिन्न फार्मेसी सेन्टरबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने आर्सेनिक एल्ब–३० सि निःशुल्क वितरण गर्दै आएको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै