कोरोनाबाट कर्णालीमा पहिलो मृत्यु, ज्यान गुमाउनेको संख्या ७ पुग्यो

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७७
covid 19 corona banner

नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

दैलेख दुल्लुस्थित क्वारेन्टाइनमा शनिबार ज्यान गुमाएका ३५ वर्षीय व्यक्तिमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो ।

कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय,जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले शनिबार विज्ञप्ति जारी गरी नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रही ज्यान गुमाएका ती व्यक्तिमा कोरोना पुष्टि गरेका हुन् ।

उनको बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पिसिआर परीक्षण गरिएको थियो ।
जेठ ७ गते भारतबाट आएका उनीसहितको टोलीलाई विद्युत् प्राधिकरण भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या भने १४०१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width