एकै दिन १८९ मा संक्रमण, संक्रमित संख्या १४०१ पुग्यो, ६ को मृत्यु

एजेन्सी
जेठ १७, २०७७
pree

काठमाडौँ, १७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १४०१ पुगेको जनाए । उनका अनुसार कपिलवस्तु १०९, सर्लाही १७, दैलेखका १४ जना, सिरहा ११, सप्तरीका ९, धनुषा ७, रौतहट ६,दाङ ५, महोत्तरी ४, पर्सा २, संखुवासभा २, झापा १, ललितपुर १, बारा १ छन् ।

संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width