पोखरा, जेठ १६। विश्वभर फैलिएको कोरोना भाइरसका कारण चैत ११ गतेदेखि देश लकडाउनमा छ । जसकारण अन्य गतिविधिसँगै मनोरञ्जनका गतिविधिहरु पनि ठप्प भएका छन्।
तर लकडाउनका कारण सिने क्षेत्रमा खडेरी लागेपनि चलचित्र प्रेमीहरुलाई भने मनोरञ्जन मिलिरहेको छ । लकडाउनले घरभित्रै बस्न बाध्य भएका आफ्ना दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले लकडाउन जारी भएसँगै निर्माण पक्षले युट्युबमा चलचित्रहरु धमाधम सार्वजनिक गर्दै आएका छन्।
यस्तै बढ्दो लकडाउनको मौका छोपि नेपाली चलचित्रको प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्र ‘साइनो’ पनि युट्युबमा सार्वजनिक भएको छ ।
२०७६ साउन २४ गतेदेखि देशभर प्रदर्शन भएको उक्त चलचित्रले हलबाट दर्शकको राम्रो साथ भने पाउन सकेको थिएन् ।
तर युट्युबमा सार्वजनिक भए लगतै चलचित्रलाई दर्शकको प्रतिक्रिया आउने क्रम जारी छ।
नीता ढुंगाना, मिरुना मगर र राजकुमारको मुख्य भूमिका रहेको उक्त चलचित्र त्रिकोणत्मक कथामा आधारित छ । चलचित्रलाई रमेश थापाले निर्देशन गरेको हुन् ।
अभिमन्यू निरवीले लेखेको उक्त चलचित्रमा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धारा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायतका कलाकारहरुले अभिनय देख्न सकिन्छ ।
चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन्।
Related News
सम्बन्धित समाचार
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
पृथक निर्देशन र छायांकनको ‘रंगेली’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१