पोखरा, १५ जेठ । संचारिका समूह गण्डकी प्रदेशले कोरोना महामारीका समयमा सक्रिय रुपमा काम गर्दै आएका पोखराका महिला पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ ।
फिल्डमा रिर्पोटिङ गर्दै आएका महिला पत्रकारहरुको भौतिक सुरक्षाको लागि मदन भण्डारी फाउण्डेशनको सहयोगमा संचारिका समूहले उक्त सुरक्षा सामग्री वितरण गरेको हो ।
२५ जना महिला पत्रकारलाई वितरण गरिएको उक्त सुरक्षा सामाग्रीमा ८ थान गल्बस, एक थान ह्याण्ड सेनिटाइजर र एक थान एन ९५ मास्क रहेको छ ।
सुरक्षा सामाग्री वितरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शान्ति गुरुङले पत्रकारीता पेशा आँफैमा चुनौतीपूर्ण भएकाले आत्मविश्वास दरिलो बनाएर काम गर्न सुझाव दिएकी छिन् ।
दिन प्रति दिन बढ्दै गएको कोरोना भाइरसको समयमा रिपोर्टिङका गर्दा संयम अपनाएर रिपोर्टिङ गर्न आग्रह समेत गरेकी छिन् ।
यस्तै सक्रिय पत्रकारीताको पक्षमा नेपाल पत्रकार महासंघ कास्कीको साथ र सहयोग सधै रहने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । महासंघबाट पाउने सहयोग र सहकार्यका लागि पत्रकार महासंघको सदस्यता नै हुन नपर्ने अध्यक्ष श्रेष्ठले उल्लेख गरेका छन् ।
पत्रकार महिलाहरुको हक हितका लागि संचारिका समूह सधैँ प्रयत्नशिल रहने संचारिका समूह गण्डकी प्रदेशका अध्यक्ष स्मीता अधिकारीले बताइन् । उनले महामारीका कारण पेशाबाट बञ्चित भएका महिला पत्रकारका निम्ति संचारिका समूहबाट गर्न सक्ने सहयोग गर्ने उनले बताएकी छिन्।
सामाजिक दुरी कायम गर्दै नेपाल पत्रकार महासंघ कास्कीमा आयोजना गरिएको उक्त कार्यक्रममा संचारिका समूहका सचिव कञ्चन थापाले उपस्थित सम्पूर्ण महिला पत्रकारलाई सुरक्षा सामग्री हस्तान्तरण गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराका भवन निर्माणमा नयाँ प्रविधि
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१