कोरोनाबाट वेलायतमा थप एक नेपालीकाे मृत्यु

एजेन्सी
जेठ १५, २०७७
blhs7GNzYXC7UgjPiynLmrmd_QZMNH0dKTR4rFxca_0

पोखरा, १५ जेठ । बेलायतमा कोरोना संक्रमणबाट थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो ।

खोटाङ घरभइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए। शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो। घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना उपचार गर्दासमेत कुनै सुधार आएको थिएन । उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन्। हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width