काठमाडौँ, १३ जेठ । साझा पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) सम्झौता संशोधनविना संसद्बाट पास नगर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज विज्ञप्ति जारी गरी सम्झौताका कतिपय बुँदा नेपालको राष्ट्रिय स्वाभिमान र हित विपरीत रहेको जनाउँदै संशोधनविना संसदबाट पास गर्नु उपयुक्त नहुने बताएका छन् ।
डा आचार्यले एमसिसी सम्झौता नेपालको कानूनभन्दा माथि भएको, नेपाल सरकारको समेत रु लगानी रहने आयोजनाको लेखापरीक्षणमा महालेखा परीक्षणको संलग्नता नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि तेस्रो मुलुक भारतको स्वीकृत लिनुपर्ने भएको जनाउँदै यसबाट समस्या आउनसक्ने औँल्याएका छन् ।
उनले एमसिसीमार्फत सम्पन्न गरिने आयोजनामा रोजगारीका लागि नागरिकताको कुनै बन्देज नहुने र सम्झौताको केही दफा आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहने जनाउँदै यसलाई विवेकपूर्ण ढङ्गले अध्ययन गरेर मात्र अगाडि बढ्न सुझाव दिए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१