Worldlink ads

पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सभापति देउवाको माग

रासस
जेठ १३, २०७७
PM-Sher-Bahadur-Deuba-FILE-PHOTO

काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन् ।

नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरे ।

उनले यसबीचमा धेरै श्रमजीवी बेरोजगार भएको, विज्ञापन व्यवसायमा असर पर्दा सञ्चारगृह संकटमा परेको तथा दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्नका लागि व्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग गरे। “सञ्चारमाध्यमले अाैँल्याएर गल्ती सच्याउँंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ”, पूर्वप्रधानमन्त्री देउवाले भने ।

उनले देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्री व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित व्यवस्थापन गर्ने र विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई उद्धार गर्ने विषयमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेकामा जोड दिए । उनले निडर भएर आफ्नो कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे । कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • हवाई खेलकुदको चासो : विमानस्थल बनेपछि के हुन्छ ?

      प्रकाश ढकाल असाेज ३, २०७८
      पोखरा । एजेन्सीले एयरलाइन्ससँग टिकट किनेर महँगोमा बिक्री गरिदिंदा पर्यटकलाई टिकट खरिदमा समस्या छ । नेपाल आएपछि पनि उनीहरुले धेरै झन्झट…
    • फुटसल खेलाउँदै पोखरा

      धनबहादुर गुरुङ असाेज ३, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा पोखरामा शनिबारदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । उद्घाटन…
    • सातौँ संविधान दिवस मनाइँदै

      रासस असाेज ३, २०७८
      काठमाडौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads