बलेवा, ९ जेठ । पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए । गत फागुन, चैत तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा । तीनवटै घटनामा मानवीय क्षति नभए पनि सामान्य असावधानी अपनाउँदा भएका यस्ता घटनाले हतहती निम्त्याउन सक्थ्यो । जिल्लाकै बरेङ गाउँपालिका वडा नं ३ का अध्यक्षसहित दुई जनाको ज्यान जाने गरी भएको घटना भने छिमेकी जिल्लाको थियो ।
बुधबार जिल्लाको बडिगाड गाउँपालिका–२ सिमलचौरका सुरजबहादुर कुमाल मदिराले लठ्ठ थिए । साँझको समयमा मदिरा सेवन गरेर घर पुगेका उनले परिवारका सदस्यसँग झगडा थाले । श्रीमती राधिका र छोरीलाई हातपातको प्रयास गरे । उनीहरुले भागेर ज्यान त जोगाए तर ओत लाग्ने घर भने क्षणमै खरानी भयो । “मदिराले मातेका सुरज आफँैले घरमा आगो लगाएको खुलेको छ”, प्रहरी निरीक्षक दीपक रिजाल भन्छन् “ठूलो क्षति त भएको छैन तर घरगोठ जलेको छ ।” रिसको झोंकमा कोरेको सलाइले सुरजले आफ्नै बासलाई खरानी मात्रै बनाएनन् अब कानूनअनुसारको कारवाहीको भागीदार बने । उनको घरमा बुधबार राति ९ बजेपछि भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।
घरगोठ एकै ठाउँमा तथा खरको छानो भएकाले गोठमा बाँधिएका पशुचौपाय जोगाउनसमेत हम्मेहम्मे भयो । उनको घर जल्दा लाखौँको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताउछन् । दैनिक मजदुरी गरेर खाने परिवारमा घरभित्रैको झगडामा मदिराले होस गुमाउँदा ओत लाग्ने बास नै उजाडियो । क्षणभरमै घरगोठ खरानी बनाएका कुँवरको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपालसहित सहयोग गरेको छ । बडिगाडमा जस्तै गत चैतमा बागलुङ नगरपालिका–१० भकुण्डेका नगेन्द्र थापाले पनि आफ्नै काका पर्नेको गोठमा आगो लगाए । मदिरा सेवन गरेर घर पुगेका उनले परिवारसँगको समान्य झगडाकै क्रममा रिसले चुर भइ आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
गत फागुनमा जैमिनी नगरपालिका–२ दमेक आरुबोटका नरिश्वर रिजालले आफ्नै घरमा आगो लगाए । खरको छाना रहेको उनको घर जल्दै गर्दा गोठ पनि छोडेन । अहिले घरगोठ रहेको ठाउँमा खरानी मात्रै छ । उनले आफ्नै घरमा आगो लगाउनुको कारण पनि परिवारिक कलह र अधिक मदिरा सेवननै थियो । “पछिल्लोपटक भएका सबै घटना मदिराकै कारण भएका छन्”,उनले भने । गर्मी मौसममा आगलागीका घटना बढी नै हुने गरेका छन् । संघीय सरकार, प्रदेश तथा स्थानीय सरकार वन तथा वातावरणसम्बन्धी काम गर्ने निकायले वन डढेलोको नियन्त्रणका लागि यो समयमा सार्वजनिक सूचना नै जारी गर्ने गरेका छन् । समाजले मदिरा नियन्त्रणमा कदम चाल्नुपर्ने जानकारहरु बताउँछन् ।
Related News
सम्बन्धित समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१