आज थपिए १७ जना संक्रमित, जम्मा संख्या ४ सय ४४ पुग्याे

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७७
covid 19 corona banner

पाेखरा । आज बिहीबार १७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेकाे छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार आज झापामा १५ जना, धनकुटा र सुनरीमा १-१ जना थपिएका हुन्।

उनीहरुको हाल स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Related News

सम्बन्धित समाचार

hero news full width