गुल्मीका कोरोना संक्रमित शिक्षकको अवस्था नाजुकः मदाने गाउँपालिका सिल

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७७
unnamed-2

बिक्रम खड्का-बुटवल कोरोना पुष्टि भएका गुल्मीका पुरुषको गम्भीर अबस्थामा उपचार भइरहेको छ । रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा गुल्मी मदाने ६ पुर्कोटका ४१ वर्षीय पुरुषको भेण्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले बताएको छ । समाजिक संजालहरुमा उनको मुत्यु भएको खवर आएपछि अस्पतालले प्रेस नोट जारी गरी उनको मृत्यु नभएको भन्दै स्वास्थ्य अवस्था अस्थिर रहेको जनाएको छ ।

सोही अस्पतालमा राखेर उपचार गर्ने वा भैरहवाको भीम अस्पतालमा रहेको आइसोलेसनमा लैजाने भने सामाजिक बिकास मन्त्रालयले केही समयपछि निर्णय गर्ने छ ।उक्त अस्पतालमा ३६ जना बिरामी भर्ना छन । कोरोना देखिएपछि अस्पताललाई सिल गरिएको छ । उनी सोही गाउँपालिकाको एक विद्यालयका शिक्षक हुन् । जण्डिसका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारको लागि बुटवल आइ जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए । भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको हो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदार शाहका अनुसार उनको स्वाब तीन दिनअघि संकलन गरिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गुल्मी, अर्घाखाँची हुँदै बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि ल्याइएको हो । कोरोना पुष्टि भएपछि गुल्मी जिल्ला प्रसासन कार्यालयले मदाने गाउँपालीकालाई सिल गरेको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । अधिकृत पाण्डेका अनुसार पिसिआर किट सहित स्वास्थकर्मीको टोली मदाने गाउँपालिका जाने तयारीमा छ । पहिलो चरणमा ती संक्रमितको परिवार , उपचारमा सम्लग्न स्वास्थ्यकर्मी र प्रत्यक्ष सम्र्पकमा रहेका अन्य व्यक्तिहरुको स्वाव संकलन गरी परीक्षणको लागि भैरहवामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइने प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width