पोखरा, ६ जेष्ठ । वेदगुरु अग्निहोत्रि पण्डित केदारनाथ उपाध्याय तिमिल्सिनाको ९७ औं वर्षमा निधन भएको छ।
पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक उपाध्यायको आफ्नै निवास पोखरा १८ चिसाखोला आश्रममा सोमबार बेलुका निधन भएको हो।
वि.स. १९८० मा नुवाकोट जिल्लाको खनियाखर्क धनदेउमा जन्मिएका उपाध्यायले वि.स. १९९९ देखि पोखराको चिसाखोला आश्रममा रहि धार्मिक अनुष्ठानहरु गर्दै २०१७ सालदेखि उक्त आश्रम सञ्चालनको अभिभारा लिएका थिए। उक्त आश्रममा पोखरा चिसाखोला वेदविद्याश्रम स्थापना भई औपचारिक वैदिक शिक्षाको थालनी सहित हाल कक्षा १२ सम्मको पढाई भैरहेको छ।
यसैगरी पं. केदारनाथ र धर्मपत्नी दिव्यश्वरीबाट चिसाखोला आश्रम गुठी अक्षयकोष स्थापना भएको छ।
स्व. उपाध्यायका दुई छोरा र चार छोरी, नातिनातिनाहरु समेत रहेका छन्। जेठा छोरा मोक्षनाथ तिमिल्सिना पोखरा चिसाखोला वेद विद्याश्रमका प्राचार्य हुन् । यसैगरी कान्छा छोरा राजेन्द्र राज तिमिल्सिना नेपाल टेलिभिजनका पत्रकार हुन्। स्व. उपाध्यायकाे मंगलबार सेतीनदीकाे तुल्सीघाटमा दाहसंस्कार गरिएकाे छ ।
Related News
सम्बन्धित समाचार
नेपाल मेडिकल कलेज प्रिन्सिपलमा मरहठ्ठा
सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
सहकारीको अनुगमन गर्न सबै प्रदेशमा विज्ञ टोली
hero news full width
मुख्य समाचार
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण
कार्तिक २२, २०८१दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
कार्तिक २२, २०८१महानगरले स्थायी गरेका कर्मचारीको नियुक्ति अवैध
कार्तिक २२, २०८१पोखरा एयरपोर्ट चार्टर फ्लाइटका लागि मात्रै ?
कार्तिक २२, २०८१