छतबाट खसेर खनालको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७७
death1

पोखरा, ५ जेठ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–२ निवासी ३५ वर्षीय शुभराज खनालको छतबाट खसेर मृत्यु भएको छ ।

सोही वडा निवासी राजेन्द्र अधिकारीको फिनिसिङ नभएको खाली घरको छतबाट खसेर घाइते भएका खनाललाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारकै क्रममा सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width