विजय नेपाल-पोखरा, ५ जेठ । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन पोखरा सभागृहमा बस्ने भएपछि सोमबारदेखि धमाधम रंगरोगन थालिएको छ ।
कोभिड–१९ बाट जोगिन सांसदले सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले हाल संचालित पोखरा नदीपुरस्थित संसद् भवन सानो भएकोले पोखरा सभागृह विकल्प रोजिएको हो । गण्डकी प्रदेशसभामा कुल ६० जना सांसदको प्रतिनिधित्व छ । साविक नगर प्रशिक्षण केन्द्रको हललाई संसद भवन तोकिएकोमा सो हल आफैमा सानो र काठका कुर्सीसमेत नजिकै जोडिएका हुँदा सामाजिक दूरी कायम गर्नु असम्भव छ ।
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ देखि सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार सो मितिका लागि बर्खे अधिवेशन आह्वान गरेका हुन् । त्यसकारण पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको पोखरा सभागृह हलमा लकडाउनबीच पनि आवश्यक कामदार खटाएर रंगरोगन, कुर्सी व्यवस्थापन र माइक जडान कार्य सुरु भएको हो ।
पोखरा सभागृह हल करिब १२ सय मानिस अट्ने क्षमताको हल हो । पुरानो र जीर्ण हुँदै गएको सो हल परिसरमा भने पर्याप्त मात्रामा पार्किङ सुविधा छ । दक्षिणी भेगमा खुला चौर र गार्डेन छ । पोखरा सहरमा हुने ठूला प्रकारका कन्सर्ट, सभा, सभारोह, कार्यक्रम यही हलमा सम्पन्न हुँदै आएका थिए । सभामुख नेत्रनाथ अधिकारी लगायत सम्मिलित टोलीले सोमबार पोखरा सभागृह हलको निरीक्षण गरेको छ । त्यसअघि आइतबार साँझ पनि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, सभामुख अधिकारी, उपसभामुख सिर्जना शर्मा लगायतले निरीक्षण गरेका थिए ।
गण्डकीमा वैशाख २३ मा मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई आह्वान गर्ने निर्णयसँगै हिउँदे अधिवेशन अन्त्य भएको थियो । गत चैत ६ मा बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएपछि लकडाउनका कारण अर्को बैठक बस्न नपाउँदै अधिवेशन नै अन्त्य भएको हो । प्रदेश सरकारले असार १ अगावै बजेट अधिवेशन बोलाइसक्नुपर्ने प्रावधान छ । बजेटका सिद्धान्त र प्राथमिकता पास गरिसकेपछि नीति तथा कार्यक्रम तय गर्नुपर्छ । ती सबै कार्यक्रम पोखरा सभागृह हलमा हुनेछन् । पोखरा महानगरपालिकाले समेत आफ्नो नीति तथा कार्यक्रम र बजेट समेत समय मिलाएर सोही हलमा संचालन गर्नेछ ।
Related News
सम्बन्धित समाचार
पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
कास्कीका विद्यालय बन्द नहुने
hero news full width
मुख्य समाचार
कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
वैशाख २, २०७८गुरुङ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, २८ सांसदकाे हस्ताक्षर
वैशाख २, २०७८संसद अधिवेशन अन्त्य भए पनि ४ दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने
वैशाख २, २०७८मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य : सरकारविरुद्धको रणनीतिमा ३ दलको कसरत सुरु
वैशाख २, २०७८