लकडाउन थपियो, जेठ २० सम्म कायम

Avatar आदर्श समाज सम्वाददाता
जेठ ४, २०७७

सरकारले आगामी जेठ २० सम्म लकडाउन बढाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले एकमात्र अचुक उपायका रुपमा गत चैत ११ देखि देशभर लगातार लकडाउन गर्दैआएको छ

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन अझै १५ दिन थप्दै जेठ २० सम्म लम्बाउने निर्णय गरेको जनाइएको छ ।

यसअघि लकडाउन यथावत राख्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिले सरकारसँग सिफारिस गरेको थियो । बैठकले कोरोना रोक्न लकडाउन नै उपयुक्त माध्यम भएको समितिको ठहर थियो ।

संक्रमित बढ्दै गएको भन्दै क्वारेन्टाइन र आइसोलेसन थप गर्नुपर्ने निर्णय पनि समितिले गरेको थियो । यसअघि थपिएको लकडाउन जेठ ५ मा सकिँदै छ ।

हाम्रो सुझाव