Worldlink ads

अन्नपूर्णको शीतल गुफा व्यवस्थित गरियो

रासस
जेठ १, २०७७
HB_Pokhara-

हरि बाँस्तोला–पोखरा, १ जेठ । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्की जिल्लाको झोवाङस्थित शीतल गुफा यस क्षेत्रकै थप पर्यटकीयस्थलका रुपमा विकसित भएको छ ।

यहाँको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिकाका वडा नं ५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरिएको हो । पोखरा–बागलुङ राजमार्ग खण्डको झुवारी खोला पुलसँगै सुगमस्थानमा अवस्थित प्राचीन गुफासम्म पुग्नका लागि ६० लाखभन्दा बढी खर्च गरी आवश्यक भौतिक संरचना तयार गरिएको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष सदाखर पौडेलले जानकारी दिए

उनका अनुसार सडकबाट लगभग ३५ मिटरको दूरीमा रहेको सो गुफाको विकास निर्माणसँगै प्रवद्र्धनका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको रु सात साख, डिभिजन वन कार्यालयको रु पाँच लाख, गाउँपालिकाको.रु नौ लाख प्राप्त भएको र बाँकी स्थानीय व्यक्तिबाट सहयोग जुटाइएको हो । “२५० मिटर लम्बाइको सो गुफाको प्रवेशद्वारमा परम्परागत कुटानी पिसानीका साधन ढिकी र जाँतो, १०८ पाला, पञ्चेबाजा, पाँच पाण्डव गुप्तबास बसेको, शिवजीको मुखबाट पानी झरेको देख्न पाइन्छ उनले भने । गुफाबाट केही भित्र गएपछि १० मिटरको भ¥याङ चढेपछि दोस्रो तलामा प्रवेश गरिने उक्त स्थानमा हजाराँैको सङ्ख्यामा चमेरा रहेको बताए ।

अध्यक्ष पौडेलले भने २०३८ सालको वैशाख महिनामा शैक्षिक भ्रमणका रुपमा ४५ जना विद्यार्थी लिएर पहिलोपटक प्रवेशसँगै गुफा पत्ता लागेको हो ।“विद्यार्थीले पोखराको महेन्द्र गुफा भ्रमण जाने इच्छा जाहेर गरे पनि नजिकको गुफाको प्रवद्र्धन गर्ने लक्ष्यका साथ लाइट र मैन्टोल लिएर भित्र पस्यौँ”, उनले भने “अप्ठेरो गरेर भित्र पसेपछि गुफामा झलझल बलेका अलौकिक देवदेवीका आकृति देख्दा विद्यार्थीमा पनि खुशियाली छाएको थियो ।” पोखराबाट लगभग ४० किलोमिटरको दूरीमा रहेको सो गुफाभित्र प्रशस्त चमेरा रहेको ६९ वर्षीय स्थानीय बासिन्दा नरहरि पौडेलले जानकारी दिए । गाउँमा कोदोको बीउका लागि गुफामा प्रवेश गरेर चमेराको मल ल्याउने गरेको अनुभव सुनाउँदै उनले भने । “चमेराको मल राखेपछि बीउ सप्रिन्थ्यो ।”

कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीमा पनि नियमित निर्माण कार्य भइरहेको बताउँदै उनले गुफाको उत्तर पश्चिमतर्पm १०५ धारा निर्माण गर्ने तयारी भइरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुफा परिसरमा निर्माण गरिने १०८ धाराका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । धारा निर्माणका लागि गाउँपालिकाको तर्पmबाट चालु आर्थिक वर्षमा लागत स्टमेटसमेत तयार गरिएको छ ।

सो गुफामा विशेषगरी परम्परादेखि नै बालाचतुर्दशीमा सद्बीज छर्ने र शिवरात्रिमा गाईको दूध चढाउने श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । गण्डकी प्रदेश सरकारले ११० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरी व्यवस्थापनमा जुटिरहेको वर्तमान अवस्थामा शीतल गुफालाई प्रचार प्रसारसँगै थप गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको अन्नपूर्ण–५ का वडाअध्यक्ष जीवनाथ पौडेलले जानकारी दिए । गुफा परिसरमा स्थानीय दलबहादुर क्षेत्रीले रु ११ लाखको लागतमा शिव मन्दिर, गणेश मन्दिरलगायतका विभिन्न भौतिक संरचना निर्माण गर्नुभएको छ । स्व छोरा हरिबहादुर क्षेत्रीको स्मृतिमा उहाँको परिवारले उक्त मन्दिरसहितको संरचना निर्माण गरेको हो ।

पर्वत, बागलुङ, म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङसम्म दैनिक सयौँको सङ्ख्यामा यातायातका साधन ओहोरदोहोर गर्ने पोखरा–बागलुङ सडकमा रहेको उक्त गुफाले धार्मिक एवं आन्तरिक तथा बाह्य पर्यटकको छुट्टै एउटा आकर्षक गन्तव्यको सम्भावना बोकेको छ ।

Related News

सम्बन्धित समाचार

    • आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै

      रासस असाेज ११, २०७८
      काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९…
    • पोखराको पर्यटनमा ग्रीन सिग्नल !

      प्रकाश ढकाल असाेज ११, २०७८
      पोखरा । असोज १ गतेदेखि गण्डकीका सबै गन्तव्य खुला भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र…
    • १० देशका राजदूत एकै पटक पोखरामा

      विजय नेपाल असाेज १०, २०७८
      पोखरा, १० असाेज । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन्…
    • गण्डकी सरकारकाे निम्ताेमा १२ देशका राजदूत आज पाेखरा आउँदै

      आदर्श समाज सम्वाददाता असाेज १०, २०७८
      पोखरा । कोरोनाका कारण लामो समय थलिएको पोखराको पर्यटन क्षेत्र कसरी पहिलेकै अवस्थामा फर्काउनेबारे पर्यटन व्यवसायी चिन्तित छन् । कोरोना…
    • पर्यटन मजदुरलाई रोजगार

      आदर्श समाज सम्वाददाता असाेज ९, २०७८
      पोखरा । टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वयमा मजदुरलाई रोजगार कार्यक्रम सुरु गरिएको छ ।…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads