कास्कीमा जारी सम्पूर्ण पास खारेज, मलामी, सिकिस्त बिरामी र सुत्केरीलाई मात्र पास

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७७
cdo kaski

देशभर लकडाउनको ५० दिन पूरा भैसक्दा समेत कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि कास्कीमा लकडाउन कडाइ गरिने भएको छ । यसअघि खुकुलो बनाइएकोमा सम्पूर्ण पास खारेज गरी नयाँ मापदण्ड तोकिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार साँझ सूचना जारी गरी यसअघि विभिन्न प्रयोजनका लागि जारी भएका इ–पास लगायत अन्य पास बुधबार राति १२ बजेदेखि लागू हुने गरी खारेज गरिएको र सामान्य कामका लागि पास अनुरोध नगर्न भनिएको छ ।


प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनामा परिवारका सदस्यको मृत्यु भएमा, सिकिस्त बिरामी भएमा, सुत्केरी महिलाको उपचारमा जिल्ला बाहिर जानुपरे एम्बुलेन्स उपलब्ध नभएमात्र इ–पास उपलब्ध हुनेछ । साथै अन्य सामान्य अवस्थामा सवारी पासका लागि अनुरोध नगर्न सूचित गरिएको छ ।

थप जानकारीका लागि कार्यालय समयमा ०६१–४६५९३६ मा र अन्य समयमा सूचना अधिकारी सहायक प्रजिअ श्रीनाथ पौडेललाई ९८५६०२४५०१ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

यस्तै, अत्यावश्यक वस्तु, खाद्य, फलफूल तरकारी, निर्माण योजनामा के–कस्तो रणनीति अपनाउने भन्नेबारे प्रशासनले केही दिन अवस्था हेरी निर्णय गर्ने जनाइएको छ ।

अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दूध, पानी, अस्पताल, कर्मचारी, कुटनीतिक नियोग, पत्रकार लगायतलाई परिचयपत्र आधारमा पहिले झैं जिल्लामा मात्र संचालन अनुमति छ ।

Related News

सम्बन्धित समाचार

hero news full width