स्वास्थ्यकर्मी र संचारकर्मीमा देखियो कोरोना

विक्रम खड्का
वैशाख ३०, २०७७
corona-5

नेपालमा कोरोना संक्रमितको संख्या वढि रहेका वेला समुदायस्तरमा पनि फैलिन थालेको छ । विदेशवाट फिर्ता भएकाहरुमा संक्रमण देखिएको वेला पछिल्लो समय भने स्वाथ्यकर्मी र संचारकर्मीहरु पनि संक्रमित भएका छन् । यसबाट कोरोना अव समुदायस्तरमा पुगेको पुष्टि भएको छ।

पछिल्लो एक हप्तामै कोरोना संक्रमितको दर तिव्र रुपमा वढिरहेका वेला समुदायमै रहेर आफ्नो कर्म गरिरहेकाहरुलाई पनि संक्रमण देखिएपछि यसको तप भयावहको संकेत देखिन थालेको भन्दै चिन्ता गर्न थालिएको छ । प्रदेश ५ को कापिलवस्तु मा मंगलबार संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्। कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत हुन् । उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन। तौलिहवाकै बासिन्दा उनी घरबाटै अस्पताल आउनेरजाने गरेकी थिइन्। यसअघि अस्पतालका केही स्वास्थ्यकर्मीसँगै उनको पनि स्वाब परीक्षणका लागि पठाइएको थियो । उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी भएको बताइएको छ।

संक्रमण अस्पतालमै पुगेपछि कपिलवस्तुका पत्रकार पनि त्रसित छन्। हरेक दिन कोरोनाको रिपोर्टिङ गर्न सीमानाकाहरूमा पुगेका पत्रकारहरू सेल्फ क्वारेन्टाइनमा बस्ने तयारीमा छन्। कपिलवस्तुमा मंगलबार दिउँसो पुष्टि भएका संक्रमितहरू कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १/१ जना रहेका छन्। उनीहरू १९ वर्षदेखि ३६ वर्षसम्मका छन् ।

यता मंगलबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका नौ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा भएको खुलेको छ ।

संक्रमितहरूमध्ये वडा नंं ११ का ३ जना, वडा नंं १२ का २ जना, वडा नंं. ७ का २ जना, वडा नंं. ५ का १ जना र वडा नंं ४ का १ जना छन् । उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् ।

उनीहरू लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए । दशगजा क्षेत्रबाट उनीहरू सुरक्षाकर्मीको आँखा छलेर आठ दिनअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई लुम्बिनीस्थित श्रीलंकन गेस्ट हाउसमा बनाइएको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख मनमोहन चौधरीले बताए ।

उता विरगञ्जमा दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ। नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।

आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो। जसमा ३९ जना पर्साका मात्र छन्।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…
  • ‘महिलाहरू आर्थिकरुपमा मजबुुत हुनुपर्छ ’

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा उपमेयर मञ्जुुदेवी गुुरुङले महिलाहरू आर्थिकरुपमा मजबुुत हुनपर्ने बताएकी छन् । पोखरा १५ ले आयोजना गरेको कृष्टल माला,…

hero news full width