कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु

एजेन्सी
वैशाख २८, २०७७
corona-5

काठमाण्डौ, २८ वैशाख । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट विश्वभर ७८ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा वढी बेलायतमा ५१ को मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ छ । संयुक्त अरब इमिरेट्स (युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक÷एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको छन् ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये २ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको तथ्याङक अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width