संघीय संसदको बजेट अधिवेशन शुरु

एजेन्सी
वैशाख २६, २०७७
Sansad-Bhawan-of-Nepal

काठमाडौं, २६ वैशाख । संसद भवनमा संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बसेको हो ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको छ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रि–बजेट छलफल गर्नुपर्ने हुुँदा संघीय संसदको अधिवेशन बोलाइएको हो ।सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढे लगत्तै अधिवेशन प्रारम्भ भएको हो । वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारका लागि संसदको छैठौं अधिवेशन आह्वान गरेकी थिइन् ।

अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरू अपनाइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार वैशाख २८ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता प्रि–बजेट प्रस्तुत गरेका छन् । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । यसैगरी जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत कार्यक्रम रहेको छ ।

सांसदहरूको तापक्रम (ज्वरो) नापेर मात्रै संसद भवनभित्र पस्न दिइएको छ। गेटमा छिर्नुभन्दा पहिले सांसदहरूले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका छन् । भित्र छिर्नुअघि सांसदहरूलाई स्यानिटाइजर दिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width