कोरोना भाइरसले परेको असरबारे अध्ययन गर्न काँग्रेसको समिति

एजेन्सी
वैशाख २४, २०७७
Nepali-Congress-Party-Office

काठमाडौं, २४ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) को महामारीले नेपालको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन र विश्लेषण गर्न अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ ।

वैशाख १७ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार नेपालमा कोभिड १९ को असर अध्ययन गरी पार्टीको दृष्टिकोण बनाउन सभापति शेरबहादुर देउवाले पूर्वअर्थमन्त्री तथा केन्द्रीय सदस्य डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय विशेष समिति गठन गरेका हुन् ।

समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका नेता र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर नेतृत्व गरेका अर्थशास्त्रीहरु रहेका छन् ।

समितिको सदस्यरमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा.नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदयशम्शेर राणा रहेका छन् । त्यस्तै डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले पनि समितिमा रहेका छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने कांग्रेसले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width