आयोगमा महेश बस्नेत र सर्वेन्द्र खनालले दिए उजुरी

Avatar एजेन्सी
वैशाख २२, २०७७

काठमाडौं, २२ वैशाख । सांसद डा.सुरेन्द्र यादवको अपहरण आरोपित सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

सोमवार राष्ट्रिय मानव अधिकार आयोग कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका हुन् । आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन् ।

हाम्रो सुझाव