फूलबारीको गार्डेन युवा क्लबले दियो महानगरको राहत कोषमा ५० हजार

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७७
Garden Club

पोखरा । पोखरा महानगरपालिका–११ स्थित स्थानीय गार्डेन युवा क्लब फूलबारीले पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषका लागि ५० हजार १ सय ५ रुपैयाँ प्रदान गरेको छ ।

क्लबका अध्यक्ष विनोद गुरुङ, उपाध्यक्ष विकास गुरुङ र सचिव सन्तोष कार्कीले पोखरा महानगरपालिका वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलालाई सोमबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै कठिन परिस्थितिमा गार्डेन युवा क्लबले देखाएको सामाजिक योगदानको पोखरा महानगरले मुल्यांकन गर्ने दाबी गरे । विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना (कोेभिड–१९) का कारण संभावित कठिन परिस्थितिलाई मध्येनजर गरेर महानगरपालिकाले राहत कोषको स्थापना गरेको उनको भनाई थियो । उनले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुका लागि महानगरले राहत कोष स्थापना गरेको बताए ।

पोखरा महानगरपालिकाले २ करोड ४८ लाख ५० हजार रूपैयाँको राहत कोष स्थापना गरेको थियो । यसमा महानगरपालिकाले २ करोड राखेको छ । कर्मचारीहरुबाट ४८ लाख ५० हजार रुपैयाँ संकलन गरिएको छ ।

यसैगरि, गार्डेन युवा क्लब र पोखरा महानगरपालिका वडा नं ११ को संयुक्त आयोजनामा आउँदो शनिबार (वैशाख २७ गते) विहान ७ बजे फूलबारीस्थित शिवशक्ति माविको प्राङ्गणमा रक्तदानको आयोजना गर्ने भएको छ ।

हाल, देशमा रगतको अभावका कारण महानगरको ११ नं वडासँगको समन्वयमा क्लबले रक्तदानको आयोजना गर्न लागेको क्लब अध्यक्ष विनोद गुरुङले बताए । अध्यक्ष गुरुङले उक्त दिन शिवशक्ति माविमा आएर रक्तदान गरिदिन सबैमा आग्रह समेत गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width