रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७७
Corona virus positive test

काठमाण्डौ, १९ वैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शुक्रवार दिउसोसम्म ५९ पुगेको छ ।

शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका हुन् ।

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको डा.अधिकारीले बताए । नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा दुवै जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि भएपछि दुवै जनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा पठाइएको बताइएको छ । हालसम्म कोरोना संक्रमित १६ जना निको भएर घर फर्केका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width