पोखरा, १८ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । राहत कोषमा कास्की आर्दश समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । परिषद्का वरिष्ठ उपाध्यक्ष डा.सुन्दर पौडेल, कोषाध्यक्ष गणेश पहारी, नेपाल च्याप्टरका संयोजक शोभाकर भण्डारी र नेपाल सहसंयोजक पूजा गिरीले पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरे ।
त्यस्तै समुदायमा आधारित पूर्नस्थापना केन्द्र (सिबिआरएस) पोखराले ५० हजार रुपैंयाँ सहयोग गरेको छ । सिबिआरएसका पूर्व अध्यक्ष पुरन कुवँर, कार्यक्रम व्यवस्थापक कृष्ण लामिछाने, गैसस महासंघ कास्कीका अध्यक्ष पदम पहारी र सिबिआरएसका सदस्य झलक राना मगरले पोखरा महानगर प्रमुख जिसीलाई रकम हस्तान्तरण गरे । महानगरको राहत कोषमा गौरव बचत तथा ऋण सहकारी संस्थाले ३० हजार रुपैंयाँ सहयोग गरेको छ । सहकारीका कमल कुवँरले महानगर प्रमुख जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
त्यस्तै महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीले महानगरको राहत कोषमा १५ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । सञ्जालका अध्यक्ष तारामाया थापा मगरको नेतृत्वमा आएको टोलीले महानगर प्रमुख जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो । रकम बुझ्दै पोखरा महानगर प्रमुख जिसीले विपद्का बेला सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गदै कोरोना भाइरससँगको लडार्इंमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड १५ लाखको राहत वितरण गरिएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१