तेहरान, १७ वैशाख । विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ ।
रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो । गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए । इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो ।
अल्जरीले संप्रेषण गरेको समाचार अनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवा गरेका थिए ।
इरान कोरोना भाइरसको सङ्क्रमण फैलिएको हिसावले मध्य पूर्वकै सवैभन्दा बढी प्रभावित देशमा पर्दछ ।
इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले शुरुमा पाँच हजार ११ जनाको विषाक्त रक्सीका कारण मृत्यु भएको र पछि ९० जनाको मृत्यु भएको बताउनु भयो । पछि मृत्यु भएकाहरुको विषाक्त रक्सीका कारण आखाँ खराब भएर मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ । तर रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौ व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सीहरु सेवन गरेका थिए ।
विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरिरका अन्य अंगहरुलाई पनि काम गर्न नसक्ने बनाउने गरेको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षणहरु देखिने गरेको थियो ।
इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ८०६ पुगेको छ भने, ९१ हजारभन्दा बढी संक्रमित भएका छन् । यो संख्या मध्य पूर्वकै सवैभन्दा धेरै भएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
सहारा क्लब हङकङमा नयाँ कार्यसमिति
नेपाललाई चीनको ९ अर्ब अनुदान
सहारा क्लब हङकङ आयोजनामा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल
भारतीय प्रधानमन्त्री मोदीसँग आरजूको भेट
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१