कोरोना अन्त्य हुन लामाे समय लाग्न सक्ने– डब्लुएचओ

एजेन्सी
वैशाख १६, २०७७
1586397625who

काठमाडौं, १६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन केही महिना लाग्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए । विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा यसको असर देखिएको उनको भनाइ छ ।पछिल्लो समय अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिका र केही एसियाली मुलुकमा महामारी बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले यो महामारी अन्त्य गर्नुअघि लामो यात्रा तय गर्नुपर्ने र त्यसका लागि धेरै काम गर्नुपर्ने बताएका छन् ।

अहिले कोरोना भाइरसको महामारीको कारण विश्वभर बालबालिकाहरुलाई दिइँदै आएको खोपको कार्यक्रम पनि प्रभावित भएको डब्लुएचओका प्रमुख टेड्रोसले बताए । कोरोना भाइरसको जोखिम बालबालिकामा कम रहेको भए पनि खोपको अभावमा अन्य रोगको जोखिम बढेको उनको भनाइ थियो ।एक करोड ३० लाख मानिसलाई पोलियो, दादुरा, हैजालगायतका खोपहरुको अभाव देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width