काेरानालाई जित्दै बागलुङकी १९ वर्षीया युवती अस्पतालबाट डिस्चार्ज

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७७
Ansu2

पाेखरा । कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छन् । पाँचौं र छैटौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाइ  डिस्चार्ज गरिएको हो ।

उनी राजधानी बाहिर काेराेना संक्रमित हुनेमध्ये पहिलाे व्यक्ति हुन्। उनी चैत १४ देखि धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचाररत थिइन्।

उनीसँगै उपचाररत ६५ वर्षीया बृद्धाको यसअघि नै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भैसकेकी छिन् । उनीहरु दुवैजना चैत ४ गते कतार एयरवेजमार्फत बेल्जियमबाट नेपाल आएका थिए ।

धौलागिरि अञ्‍चल अस्पतालका अनुसार कोरोना संक्रमण निको भए पनि उनले केही दिन होम क्‍वारेन्टाइनमा बस्‍नुपर्ने छ ।

योसँगै अब धौलागिरी अस्पताल बागलुङमा कुनै कोरोना संक्रमित विरामी छैनन् । साथै नेपालका कोरोना निको हुने बिरामीको संख्या ११ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width