काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ ।
भेटमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग देशभरी उठेको र आफ्नो माग पनि यही रहेको उल्लेख गर्दै सभापति देउवाले देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ भन्नुभएको थियो ।
सरकारले यही वैशाख ८ गते जारी गरेका संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेशको सर्वत्र विरोध भएपछि आज खारेज गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न व्यापक परीक्षण अहिलेको आवश्यकता भएको र समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौँ भनेर प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै सभापति देउवाले स्वास्थकर्मीलाई पिपिईलगायतका आवश्यक सामग्री यथाशिघ्र पु¥याउन सुझाव दिनुभएको थियो । साथै उहाँले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने कुनै पनि कार्य तुरुन्तै रोक्नुपर्ने बताउनुभएको थियो ।
भेटमा सभापति देउवाले श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् भन्दै राहत घोषणा अधुरो भएको, पुग्नुपर्नेकोमा अझै नपुगेको, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीका लागि तत्काल अर्को राहत प्याकेज ल्याउन सुझावसमेत दिनुभएको थियो । विदेशमा रहेका नेपालीले देशलाई रेमिट्यान्स पठाएर योगदान गरिरहेको उल्लेख गर्दै उहाँले आज उनीहरु अप्ठ्यारो परेको स्थितिमा उद्धार गर्ने बारे तत्काल योजना सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको मुख्य सचिव पौडेलले बताउनुभयो ।
सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवाद्का कुनै कुरा नल्याउन सुझाव दिँदै प्रधानमन्त्रीलाई थप सजग पनि गराउनुभएको काँग्रेसले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१