कोरोना संक्रमणबाट विश्वभर १ लाख ९० हजारको मृत्यु

एजेन्सी
वैशाख १२, २०७७
corona-patients-750×460

Representative image

काठमाण्डौ, १२ वैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेको छ ।

विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय  एक जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा मात्र ४९ हजार ८ सय जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म ७ लाख ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिकामा ८० हजार जना निको भएका छन् ।

अमेरिकापछि बढी प्रभावित इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १३ हजार छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ३९ हजार संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width