बुधवार तीन जना थपिए कोरोना संक्रमित

Avatar एजेन्सी
वैशाख १०, २०७७
fe7ab884e1936dbd11dfb4999f55ba3d_w1000_h500_cp

पोखरा, १० वैशाख । नेपालमा बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ भने त्यसमध्ये सात जना निको भएर फर्किएका छन्। मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमित ३८ जनाले विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads