रामकुमार श्रेष्ठ–नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा गर्दा कोरोना पोजेटिभ देखिएको एक जनालाई बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष अस्पतालमा उपचारका लागि लगिएको छ ।
बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले अहिलेसम्म बर्दघाटमा १३४ जनामा आरडिटी टेष्ट गर्दा १ जनामा पोजेटिभ देखिएको हो । ७८ वर्षीय ति जेष्ठ नागरिकलाई अहिले बुटवलको बुटवल कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए । ७ जनाको परिवार रहेको उनको परिवारमा अन्यमा सदस्यहरुमा भने र्यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएको छ ।
ज्ञवालीले उनका परिवारको अन्य सम्पूर्ण सदस्यलाई उनकै घरमा सुरक्षित रुपमा क्वारेन्टाइनमा राखिएको जनाए । दोस्रो र तेस्रो कोरोनो संक्रमित आएको जहाजमा संक्रमित सँगै जहाजमा दुई जना आएका थिए । ती दुई जनाको अहिलेसम्म स्वाव परीक्षण गरिएको छैन । उनीहरु दुवै जनाको र्यापिड टेष्ट भएको र दुवैको र्यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा राखिएको ज्ञवालीले बताए ।
र्यापिड टेष्टमा कोरोना रिपोर्ट पोजेटिभ आएका ति ७८ वर्षीय नागरिकका परिवारका सबै सदस्य नेपालमै बस्दै आएका हुन् । ज्ञवालीले उनको स्वाव परीक्षणका लागि भैरहवा पठाएको भए पनि अझैसम्म रिपोर्ट नआएको बताए ।बर्दघाट नगरपालिकाबाट अहिलेसम्म एक जनाको मात्र स्वाव परीक्षणका लागि पठाइएको छ ।बर्दघाट नगरपालिकामा अहिलेसम्म १ सय ३४ जना विदेशबाट आएको तथ्यांक भए पनि १३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको थियो ती मध्ये १० जना घर फर्किसकेको र अहिले ३ जना मात्र क्वारेन्टाइनमा रहेको बर्दघाटका स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले बताए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१