संयम र सद्भावका साथ परिस्थितिको सामना गरौँ – सभापति देउवा

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
Sher-Bahadur-Deuba

काठमाडौँ, ८ वैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याएका छन् ।

उनले सोमवार एक प्रेस वक्तव्यमार्फत पर्याप्त स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने बबताएका हुन् । कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढङ्गले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि सभापति देउवाले अपील गरेका छन् ।

आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि अपिल गर्दै उहाँले सबैको साथ र सबैको विश्वासले नै आजको सङ्कटबाट पार पाउन सकिने यथार्थ स्मरण गराएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width