अस्पताल पस्दै हुनुहुन्छ ? किटनासक औषधिले ज्यान पखाल्नुस्

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
sanitizer wrc 01

पोखरा, ८ वैशाख । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा स्वचालित सेनिटाइजर मेसिन जडान गरिएको छ ।

प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन गण्डकीले अस्पतालमा टनेल जडान गरिदिएको हो । आइतबार पोखरा महानगरमा पनि यस्तै टनेल राखिएको थियो । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।अधिकारीले कोरोना रोकथामका लागि अधिकतम प्रविधिको उपयोग गर्नुपर्ने बताए । उनले टनेलले अस्पतालमा कोरोना संक्रमणबाट रोक्ने बताएका छन् ।

प्रोगेसिभ इन्जिनियर्स एशोसिएसन गण्डकीका कार्यवहाक अध्यक्ष महेन्द्रबहादुर गोदारले टनेलमा छिरेपछि मानिसको कपडामा भएको सबै भाइरस मार्ने बताए । उनले अस्पताल बढी भिडभाड हुने भएकेले टनेल बनाएर हस्तान्तरण गरेको बताएका छन् ।टनेलमा ५ सेकेण्ड बस्यो भने अटोमेटिक रुपमा किटनासक औषधि छरिन्छ । डेढ लाखको लागतमा टनेल निर्माण गरिएको हो । पूर्व पट्टीको गेटमा राखिएको स्वचालित सेनिटाइजर टनेल राखिएको छ ।

पोखरा स्वपास्थ्य विज्ञान प्रतिष्ठाका उपकुलपति डाक्टर बुद्धिबहादुर थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउँदै यसको संरक्षणमा प्रतिष्ठानले ध्यान दिने बताए । कार्यक्रममा प्रदेश सांसद कृष्ण थापा, मनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width