विश्वमा कोरोनाका कारण मर्नेको संख्या एक लाख ६५ हजार, संक्रमित २४ लाख

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
Corona

Representative Photo

काठमाडाैं, ८ वैशाख । कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या दिनप्रतिदिन वढिरहेको छ । अन्य दिनको तुलनामा आइतवार भने मर्नेको सख्या केही मात्रामा घटेको छ ।

भाइरसकै कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ६ सय ६१ पुगेको छ भने अमेरिकामा सङ्क्रमित हुनेको संख्या साढे सात लाखभन्दा बढी छ। विश्वमा २४ लाख भन्दा बढी संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन्। आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका छन्। उनले नियमित पत्रकार सम्मेलनमा बोल्दै भनेका छन्। ‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन।’

यसैबीच विश्वभर मृत्यु हुनेको संख्या १ लाख ६५ हजार भन्दा बढी छ। मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ। त्यहाँ २३,६६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। इटलीमा सङ्क्रमितहरूको संख्या १७८,९७२ पुगेको छ। त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १९६,६६४ सङ्क्रमित छन्। त्यहाँ २० हजार चार सय ५३ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनपछि फान्समा १९ हजार ७ सय १५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ५४ हजार ९७ रहेको छ। त्यस्तै बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार १ सय ७२ जना संक्रमित छन्।

Related News

सम्बन्धित समाचार

hero news full width