हातहतियार सहित पक्राउ नवलपरासीका एक जना कारागार चलान

रामकुमार श्रेष्ठ
वैशाख ७, २०७७
hatiyar

नवलपरासीमा हात हतियार सहित पक्राउ परेका ताराबहादुर विक पुर्पक्षका लागि चितवन कारागार चलान भएका छन् ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. २ चपाहा स्थित ताराबहादुर विकलाई जिल्ला अदालत नवलपुरको आदेशमा पुर्पक्षको लागि चितवन कारागार चलाउन गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रहरीले उनको घरमै रहेको आरनबाट भरुवा बन्दुक १ थान, एआर गन १ थान, अमेरिकन अटो पेसोल (9MM sroun no100)  लेखिएको पेस्तोल १ थान, अमेरिकन अटो पेस्तोलको गोली ५ राउण्ड, एसएलआर राइफलको गोली २ राउण्ड, ३०३ राइफलको गोली १ राउण्ड, एम १६ राइफलको गोली १ राउण्ड, अन्य हतियारमा प्रयोग हुने गोली २ राउण्ड, पुरानो कटुवा पेस्तोलको पार्टपूर्जाहरु, भरुवा बन्दुकमा लाग्ने फलामको नाल २ थान, घोडाचाप समेतका पार्टपूर्जाहरु बरामद गरेको थियो ।

उनलाई प्रहरीले हातहतियार खरखजना मुद्दा दर्ता गरी आवश्यक अनुसनधान थालेको थियो ।

Related News

सम्बन्धित समाचार

  • ढोरपाटनका मेयर कारागार चलान

    आदर्श समाज सम्वाददाता असाेज १५, २०८१
    पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर…
  • ढाकाकुमार पक्राउ

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।…
  • श्रीमतीको हत्या

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरामा आफ्नै श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका १, नौडाँडा…
  • आफ्नै पसलमा आगो लगाउने कारागार चलान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने कारागार चलान भएका छन् । शुक्रबार कास्की जिल्ला अदालतको आदेशले उनीहरु कारागार…
  • बाइक मोडिफाइ गर्ने कारबाहीमा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०८१
    पोखरा, २ भदौ । पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा…

hero news full width