नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । शुक्रबार सो पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको हो । उक्त पेट्रोल पम्पले आज बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी मिसाएको भेटिएको थियो।
पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटस्थित डिपोलाई खबर गरेको थियो । सोलगत्तै उक्त पम्पबाट पेट्रोल बिक्री वितरण गर्न बन्द गरिएको थियो।
पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । टयाङ्कर चालकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि निगमले जनाएको छ।
Related News
सम्बन्धित समाचार
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
रविविरुद्ध चितवनमा पनि जाहेरी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१