सडक मार्ग भएर दैनिक सयौं पदैल यात्री गन्तव्यतर्फ लाग्दै

रामकुमार श्रेष्ठ
वैशाख ६, २०७७
yatur 5

नवलपरासी । सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउनको घोषणा गरेपछि अलपत्र परेकाहरु नवलपरासीको बाटो भएर दैनिक सयौंको संख्यामा गन्तव्यतर्फ लाग्ने गरेका छन् ।

यात्रुहरुलाई ठाउँठाउँमा पानी, विस्कुट, चिउरा, खाना खुवाउने व्यवस्था गरिएको भए पनि ति यात्रुहरु निक्कै कष्टपूर्ण तरिकाले यात्रा गरेर घरतर्फ लागेको देखिने गरिन्छ ।

कतै ८, १० जनाको समूहमा त कतै ३०, ४० जनाको समूहमा पैदल यात्रीहरु गन्तव्यतर्फ लाग्ने गरेको देखिने गरिएको छ ।

चार दिनदेखि पैदल यात्रुलाई खाना खुवाइदै

शुक्रबार विहान मात्रै पश्चिम नवलपरासीको सुनवलमा स्थानीय व्यापारीहरुले एक सय भन्दा बढी यात्रुहरुलाई सामुहिक रुपमा खाना खुवाएका थिए ।

लकडाउनका कारण पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसहरु नचले पनि सडकमा पैदल नै हिडेर भोकभोकै घरतर्फ जाने एक सय बढीको संख्यामा रहेका यात्रुहरुलाई खाना खुवाएर गन्तव्यतर्फ पठाइएको ओम मिष्ठान भण्डारका संचालक भाविश्वर न्यौपानेले बताए । यहाँ पछिल्लो चार दिन यता यात्रुहरुलाई केही व्यापारीहरुले सामुहिक रुपमा खाना खुवाउने गरेको छ ।

काठमाण्डौ, धादिङ, बनेपा लगायतको देशको पुर्वी क्षेत्रबाट ३, ४ दिन लगाएर पदलै उनीहरु पश्चिम नवलपरासीको सुनवलसम्म आइपुगेका हुन् ।

सडकमा होटेल तथा पसलहरु बन्द भएपछि किनेर खान पनि समस्या भएको ति यात्रुहरुले गुनासो गरेका थिए ।

६२ जना मजदुरको उद्दार

पूर्वी नवलपरासीको कावासोतीमा पैदल हिडेर आएका ६२ जना यात्रुको उद्दार गरी खाना खुवाएर गन्तव्य तर्फ पठाइएको छ ।कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको पहलमा विहीबार राति कावासोतीमा अलपत्र अवस्थामा रहेको ति यात्रुहरुलाई कावासोतीको होटल व्लु हेभन खाना खुवाउनुका साथै, कावासोतीको लक्ष्मी ट्रेड लिंकले उनीहरुलाई पानी, चाउचाउ, बिस्कुट, सावुन र माक्स उपलब्ध गराएका थिए ।

उनीहरुलाई कावासोतकिो फोर एस सप्लायर्सले ट्रकमा राखेर पूर्वी नवलपरासीको सिमा क्षेत्र दाउन्ने सम्म पुर्याएका थिए ।

नवलपुरको बौंदीकालीबाट ति मजदुरहरु पैदलै हिडेर बर्दिया, दैलेख, अछाम, कालिकोट जाँदै थिए ।

कालीगण्डकी करिडोरमा काम गरिरहेका ति मजदुरहरुलाई प्रशासनले ठेकेदारलाई नै ­­­उनीहरु जहाँ छन् त्यही खान बस्नको व्यवस्था गर्न निर्देशन गरेपनि ठेकेदारले वास्ता नगरेका कारण भोकै मर्नुभन्दा घर हिडेको बताएका थिए ।

बुधबार अपरान्ह कालीगण्डकी करिडोर अन्र्तगत पर्ने बैंदीकाली गाउँपालिका वडा नम्बर १ मिथुकरमबाट पैदल हिडेर बिहिबार अपरान्ह कावासोती आईपुगेका थिए । उनीहरु सडकमै सुतिरहेको अवस्थामा भेटिएपछि उद्दार गरेर पठाइएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

पैदल यात्रुलाई खाने, बस्ने र गन्तब्यमा लैजाने व्यवस्था

लकडाउन लम्विदै गएपछि देशका विभिन्न भूभागबाट पैदल हिँडेरै आफ्नो घरसम्मको गन्तब्यतय गर्दै यात्रा गर्नेहरुको पूर्व पश्चिम लोकमार्गमा लर्को नै देखिने गरेको छ । यसरी हिँड्नेमा अधिकांश विभिन्न क्षेत्रमा काम गर्दै आईरेहका मजदुरहरु रहेका छन् ।

लोकमार्ग आसपास थकित यात्रुहरु र ठाउँठाउँमा देखिएको विचल्लीको दृष्यले जो कोहीको मन छोईरहेकै हुन्छ । सडकमा पैदल हिँड्ने यात्रुहरुको दुखद अवस्था देखेपछि प्रदेश ५ सरकारले यात्रुहरुलाई अस्थायी क्वारेन्टाईनमा राखेर खाने बस्नेको व्यवस्था मिलाएको छ ।

प्रदेशको पूर्वी नाका बर्दघाटमा यात्रुहरु भित्रिए लगतै तिनिहरुलाई बर्दघाट नगरपालिकाको वडा नम्बर ९ मा रहेको राजामहात्मा पूर्णभद्र माध्यामिक विद्यालयमा अस्थायी क्वारेन्टाईन बनाएर त्यही खाने बस्नेगरी बर्दघाट नगरपालिकाले व्यवस्था मिलाएको छ ।

प्रदेश सरकारले यात्रुहरुलाई खाने बस्ने ब्यबस्था मिलाएर गन्तब्यमा पाठाउने ब्यबस्था मिलाउन निर्देशन दिएरपछि नगरपालिकाले राजा माविमा त्यसको ब्यबस्था मिलाएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताए ।

बर्दघाट नगरपालिका गण्डकी प्रदेशसंग जोडिएको प्रदेश ५ को पूर्वी प्रवेशद्वारको रुपमा रहेको स्थानीय तह हो । नगरपालिकाले शुक्रबार दिउसो देखिनै सडकमा हिडिरहेका यात्रुलाई खाना खाजाको ब्यबस्था गरेको र गन्तब्यसम्म पु¥याउने ब्यबस्था मिलाईएको नगर प्रमुख बस्यालले बताए ।

पूर्व पश्चिम लोकमार्गमा लकडाउनको समयमा पनि दैनिक झण्डै सयौंको हाराहारीमा यात्रुहरु हिड्ने गरेका छन् । यात्रुहरुलाई गन्तव्यमा पठाउनु पूर्व अनिवार्य स्वास्थ्य परिक्षण गरेर पठाईने समेत बताईएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width