जनताले भोट हाल्न पाउनुपर्दछ

सम्पादक
कार्तिक २१, २०७०

१. दशैं तिहारमा सुस्त भएको निर्वाचन प्रचारप्रसार अहिले चको हुने भएको छ। उम्मेदवार र उम्मेदवारका सहयोगीहरू नयाँ स्फूर्तिका साथ प्रचारप्रसारमा जाने भएका छन्। तर जति निर्वाचनको गतिविधि बढ्दै छ, उति निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढ्दै गएका छन्।

२.     निर्वाचन आयोग बढी सजग र सतर्क भएन भने त्यो घटना अरु बढ्ने देखिन्छ। एकातिर निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्दै छन् भने अर्कोतिर विभिन्न पार्टीका कार्यकर्ताबीचको भिडन्त पनि बढ्दै छ। साथै अर्कोतिर बहिष्कारवादीका गतिविधि पनि बढ्दै गएका छन्।

३.     नेकपा-माओवादीले निर्वाचन बिथोल्ने क्रममा बन्द हड्ताल पनि गर्ने गरेको छ। बन्द, हड्तालले खास प्रभाव पार्न नसके पनि त्यसले जनमानसलाई सशंकित गर्ने काम भने गरेको छ। भोट हाल्नलाई उत्साहसाथ प्रतीक्षा गरिरहेका सर्वसाधारण जनता बन्द हड्तालले के रुप लिने होला भनेर नियाल्न थालेका छन्।

४.     सरकारले उक्त विरोधलाई केही पनि होइन भन्दैछ। तर विरोधका गतिविधि बढ्दै गएको छ। केही जिल्लामा विरोधले चकोर्रुप लिने आशंका पनि गरिएको छ। उनीहरूको प्रभाव भएको ठाउँमा निर्वाचनको सभा बिथोल्ने र ढु·ामुढा गर्ने गरेको समाचार पनि आएको छ।

५.     त्यसमा सरकार बढी चनाखो हुनुपर्ने अवस्था छ। अहिलेसम्म त्यस्तो केही घटनालाई अज्ञात समूहबाट भएको भनिएको छ। प्रत्यक्ष देखिएको केहीलाई सरकारले आफ्नो नियन्त्रणमा लिने गरेको छ। सरकारले आफ्नो सुरक्षासंयन्त्र चुस्त बनाउँदै लगेको छ। तर के कति चुस्त र फूर्तिलो छ, त्यो रणनीतिक कुरा भएकोले सबै बाहिर आएको छैन।

६. जनताले चुनावमा अत्यधिक रुची देखाएका छन्। चुनाव भएन भने देशमा के होला भन्ने सन्त्रास जनताको मनमा छ। त्यसै त कमजोर भएको राष्ट्रियता, त्यस अवस्थामा झन् के होला। जति देश कमजोर हुँदैछ, उति विदेशी हस्तक्षेप बढ्दै छ। यो सर्वविदित कुरा हो। यो कुरा जान्दा जान्दै पनि राष्ट्रियताका नारा लगाउनेले किन अन्यौलपूर्ण स्थिति निम्त्याउन खोज्छन्, यो बुझ्न नसकिने कुरा भएको छ।

७. यो बिडम्बनाको विषय भएको छ कि सबैले राष्ट्रियता, विकास र सम्वृद्धिको नारा दिँदै आन्दोलन गर्दैछन्। तर विगतका हत्या र हिंसात्मक आन्दोलन र अरु आन्दोलनले राष्ट्रियता, विकास र सम्वृद्धिको नारा के कति अघि बढ्यो, त्यसको नेताहरूले मूल्याड्ढन गरेका छैनन्। ती कुराहरूमा नेपाल विगतमा भन्दा कमजोर भएको छ। नेताहरूले मीठा कुरा गर्दै देशलाई डुबाउँदै छन्। जनताले अहिले त्यो कुरा बुझ्दैछन् र नेताहरू को कस्ता छन् भन्ने पनि चिन्दैछन्। यो चुनावमा जनता उनीहरूको मूल्याड्ढन गर्ने छन् र राम्रालाई भोट हाल्ने छन्। त्यो अवसर जनतालाई दिनुपर्ने छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width