पोखरा, ४ फागुन। नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीद्वारा दृष्टिविहीन व्यक्ति तथा उनीहरुका अभिभावकका लागि दृष्टिविहीनको अगुवाइमा गठित दृष्टिविहीन नमूना बचत समूहको ११ औ साधारण सभा शनिबार सम्पन्न भयो। प्रमुख अतिथि दृष्टिविहीन कल्याण संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले दृष्टिविहीनको समग्र सहजता र प्रगतिका लागि हातमा हात काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने बताए। साधारण सभामा समूहका सदस्य दण्डपाणि ढकाल, कोषाध्यक्ष नवीन भट्टराई, सचिव कुमार पुन, नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीका सह–कोषाध्यक्ष गिरधारी सुवेदी, सचिव टेकमान प्रधानाङ्ग, नेत्रहीन संघ कास्कीका कोषाध्यक्ष अमृत बराल, सचिव शोभा पौडेल लगायतले मन्तव्य राखेका थिए। समूह अध्यक्ष विन्दुमाया आलेले दृष्टिविहीन व्यक्तिहरुको आर्थिक सशक्तीकरण र व्यवहारिक सरलताका लागि ११…