रामकुमार श्रेष्ठ-नवलपरासी, ५ वैशाख । कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनको प्रभाव नवलपुरका होमस्टेमा पनि परेको छ ।
नवलपुरमा फस्टाउँदै गएको होम स्टेहरु अहिले सुनसान देखिएको छ । नवलपुरमा ८ वटा होम स्टेहरु रहेका छन् । ती मध्येको एउटा हो कावासोती १५ मा रहेको अमलटारी होम स्टे ।
यहाँ ३१ घर होम स्टे रहेका छन् । होम स्टे स्थापना पछि आएको जनजीवन निक्कै उकासिएको छ । तर, लकडाउनका कारण होमस्टे बन्द गर्न परेपछि यहाँका ३१ घर बासिन्दा जो होम स्टेमा आउने पर्यटकबाट हुने आम्दानीको भरमा बाँचेका थिए उनीहरुको दैनिकी अहिले प्रभावित भएको छ ।
त्यसो त कोरोनाको संक्रमण देखिन थालेपछि सरकारले लकडाउन नगर्दै अमलटारी होम स्टेमा पर्यटक आवत जावत बन्द गरिएको थियो भने बुक भएका कार्यक्रमहरु समेत रद्द गरिएको थियो ।नेपालको पहिलो होम स्टे अन्तरगत पर्ने पूर्वी नवलपरासीको होम स्टे अहिले सुनसान छ । पयर्टक आउजाउका लागि बन्द गरिएको छ । यहाँ खास गरेर चितवन राष्ट्रिय निकुञ्जमा जंगल सवारी गर्न मिल्ने भएको कारण पनि यहाँ आउन पर्यटकहरु लालायित हुने गर्दछन् । त्यसैगरी यहाँ थारु, बोट, माझी समुदायको परम्परागत कला संस्कृतिहरु हेर्न समेत पाइन्छ ।
लकडाउन भएपछि अहिले अमलटारी होम स्टे सुनसान भएको र यहाँका होम स्टे सञ्चालकहरुको दैनिकीमा पनि प्रभाव पारेको अमलटारी होम स्टेका अध्यक्ष प्रेम शंकर मर्दनियाले बताए । उनका अनुसार यो लकडाउनको अवधिमा होम स्टे सञ्चालकका एक घर परिवारलाई कम्तिमा ६० देखि ७० हजार रुपैयाँ नोक्सान भएको छ ।यहाँ होम स्टेका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको चाप बढेपछि यहाँका बासिन्दाहरुले स्थानीय स्तरमा होटलहरु समेत सञ्चालन गरेका छन् । कुनै बेला कृषि पेशामा मात्र निर्भर रहनु पर्ने यहाँका बासिन्दाहरुमा होम स्टे सञ्चालन पछि जीवनयापनमा आकासपताल फेरिएको छ ।अमलटारी होम स्टे सञ्चालक मध्येका एक जना नविन महतोले भने – अहिले आर्थिक रुपमा ठूलो समस्या भएको छ ।
नवीन महतोले होम स्टे राम्रो भएपछि होम स्टे सँगै रिपोर्ट पनि सञ्चालन गर्नु भएको छ ।अमलटारी होम स्टेमा गत आर्थिक बर्षमा मात्रै २२ हजार पर्यटकहरु आएका थिए । नयाँ बर्षको सिजन पर्यटकहरु आउने सिजनमा होम स्टे बन्द गर्नु परेपछि लकडाउनको अन्त्य भएपछि पनि पुरानै अवस्थामा फर्काउन निक्कै मेहनत गर्नु पर्ने अवस्था आउने सुनाए – अमलटारी होम स्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया ।यो अमलटारी होम स्टे अमलटारी मध्यवर्ती उपभोक्ता समिति अन्तरगत रहेको गुदे्रही ढकाहा मध्यवर्ती सामुदायिक वनले सञ्चालन गरेको हो । होम स्टे सञ्चालनसँगै यहाँबाट निकुञ्ज भित्र वन्यजन्तु अवलोकनका लागि जंगल सफारी, हात्ती सफारी खोलिएको छ । जसले गर्दा पर्यटकहरुको थप आकर्षण बढेको थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१