पोखरा, ४ बैशाख । पोखरा महानगरपालिकाको एउटा वडा कार्यालयले आफ्नो वडामा डेरा भाडामा बस्दै आएकाहरुलाई भाडा नलिन सम्बन्धित घरधनीहरुसँग आग्रह गरेको छ ।
पोखरा वडा ११ को बिहीबार बसेको बैठकले कोरोना भाइरसका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै आ–आफ्नो घरकोठामा डेरा गरी बस्ने मानिसहरुलाई घरधनीहरुले चैतको भाडा नलिन आग्रह गरेको वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिए । साथै, चैतको भाडावापत रकम मिनाहा गरी प्रत्यक्ष राहत प्रत्याभूत गरिदिन वडाबासीहरुमा अपील गर्दछौं भनिएको छ ।
सो निर्णयको विरुद्ध वडाबासीले भने विरोधको संकेत देखाएका छन् । वडाबासी समेत रहेका फूलबारी क्लब पूर्व सचिव दामोदर आचार्यले भने, ‘घरधनीको भन्दा डेराभाडामा बस्नेको आम्दानी बढी छ, वडा कार्यालयको निर्णय हामीहरुलाई मान्य छैन । ’ उनका अनुसार कि त वडाले विपन्न वर्गका मानिस छुट्टाएर उनीहरुको लागिमात्र भाडा छुट गर भनेमा सकिन्छ, नत्र भाडा छुट गर्न सकिँदैन । ‘यसरी धरधनी नै बढी मर्कामा पर्ने कुरा भयो,’ उनी भन्छन् । पोखरा वडा ११ अन्तर्गत फूलबारी, काहुँ, रानीपौवा लगायत पर्दछन् । यसअघि संघीय सरकारले पनि सम्पूर्ण धरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१