पिएन क्याम्पसका सहप्राध्यापक अनलाइनमार्फत् विद्यार्थी पढाउँदै

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
giridhari 1

पोखरा । पोखरा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक गिरिधारी दाहालले अनलाइनमार्फत् विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । उनले मानविकी संकाय स्नाकोत्तर तहको राजनीतिशास्त्रको पठनपाठन अनलाइनमार्फत् शुरु गरेका हुन् । लामो समयसम्मको लकडाउनमा पनि विद्यार्थीको पढाई प्रभावित नहोस् भनेर त्यसरी पठनपाठन शुरु गरेको उनको भनाइ छ ।

उनले चैत २५ गतेदेखि नै त्यसरी पढाउन शुरु गरेको बताए । राजनीतिशास्त्रमा २५ जना विद्यार्थी अध्ययनरत भएपनि दैनिकजसो १५ जना विद्यार्थीले अनलाइनमार्फत् पढिरहेका छन् । ‘समयको सदुपयोग पनि भएको छ, पढाउने म र पढ्ने विद्यार्थी खुशी छौं, सहप्राध्यापक दाहालले भने, अनलाइन पढाईलाई सबैले अबलम्बन गर्न आवश्यक छ ।’ बिहान करीब ७ः३० देखि नौ बजेसम्म त्यसरी पढाई हुँदै आएको छ । पृथ्वीनारायण क्यापम्समा स्नाकोत्तर तहमा २० विषयको पढाई हुँदै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width