हालसम्म नेपालका १४ जनामा भेटियो कोरोना [भिडियो सहित]

एजेन्सी
वैशाख १, २०७७
hhhhhh

काठमाडौं, १ वैशाख । नेपालका विभिन्न प्रयोगशालामा १० हजार नौ सय ८२ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको हो । ५ हजार ६९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्यापिड कीट विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लोपटक रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी क्वारेन्टाइनमा बसिरहेका थिए । सोमबार नै कैलालीको लम्की–चुहाकी ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको थियो। र्यापिड कीटबाट ५२ जिल्लामा परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । यो कीट सातै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको छ । काठमाडौं उपत्यकामा ९ सहित देशभरि १ सय ३ जना आइसोलेसनमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width