रोकिएका फुटबल लिग लगायत अन्य गतिविधिहरु तत्काल शुरु हुँदैन : इन्फाटिनो

एजेन्सी
चैत्र ३०, २०७६
Gianni Infantino

विश्व फुटबलको सर्बोच्च निकाय फिफाले रोकिएका फुटबल लिग तथा अन्य प्रतिस्पर्धाहरु तत्काल सुरु नहुने प्रष्ट पारेको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने बताएका हुन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका छन् ।

विश्वभरका घरेलु लिग तथा अन्तर्राष्ट्रिय खेलहरु पनि रोकिएका छन् ।

यो वर्ष हुने तय भएको युरोकप फुटबल अर्को वर्षका लागि सारिएको छ ।

यस्तै, कोपा अमेरिका फुटबल पनि एक वर्षका लागि पछि सरेको छ ।

फिफा अध्यक्ष इन्फान्टिनोले कुनैपनि खेल, प्रतिष्पर्धा, लिगका लागि व्यक्तिको जीवन जोखिममा पार्नु कुनै हालतमा उपयुक्त नहुने बताएका छन् ।

जोखिम लिनुभन्दा अझै केही बेर पर्खनु उपयुक्त हुने उनको तर्क छ ।

हाल, बेलारुस, बुरुण्डी, निकारागुवा तथा ताजिकिस्तानमा मात्रै फुटबल गतिविधिहरु जारी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै