कोरोना भाइरस पीडितका लागि पीएसजीले नेयमारको तलबमा ५० प्रतिशत कटौती गर्दै

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७६
PSG, Naymar R

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले ब्राजिलियन सुपरस्टार नेयमारको तलबमा ५० प्रतिशत कटौती गर्ने भएको छ ।

पीएसजीले कोराना भाइरस पीडितको सहयोगका लागि फ्रान्स फुटबल संघको पहलमा नेयमार लगायत खेलाडीको तलब कटौती गर्न लागेको हो ।

कोरोनाका कारण फ्रेन्च लिग स्थगित भएपछि नेयमार अहिले ब्राजिलस्थित आफ्नै घरमा बसेका छन् ।

नेयमारले कोरोना भाइरसविरुद्ध लड्न हालैमात्र युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड आर्थिक सहयोग समेत गरेका थिए ।

युनिसेफले उक्त रकम कोरोनाको संक्रमणबाट पीडित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्नेछ ।

यसैगरी, फ्रान्स फुटबल संघले पीएसजीका नेयमारसँगै अन्य क्लबबाट धेरै पारिश्रमिक अर्थात १ लाख भन्दा बढी युरो लिने खेलाडीको पारिश्रमिकमा ५० प्रतिशत, ५० हजारदेखि १ लाख युरोसम्म लिनेको ४० प्रतिशत, २० देखि ५० हजार युरो लिनेको ३० प्रतिशत र १० हजारदेखि २० हजार युरोसम्म लिनेको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।

पीएसजीमा रहेर १० हजार भन्दा कम युरो लिने खेलाडीको पारिश्रमिक भने कटौती नगर्ने क्लबले बताएको छ ।

फ्रान्स फुटबल संघले खेलाडीमाथि यस्तो नियम एक महिनाका लागि लगाएको हो । यस नियममा खेलाडी युनियनले पनि सहमति जनाएको छ ।

युनियनका अध्यक्ष फिलिप पीटले हाल एक महिनाको निर्णय गरिएपनि कहिलेसम्मको कटौती गर्ने भन्ने विषयमा थप छलफल गरिने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width