काठमाडौं, २१ चैत । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन्। यसैगरी कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ।
संसारभर संक्रमणबाट करिब ५३ हजार जनाको मृत्यु भएको उत्त, विश्वविद्यालयले जनाएको छ । जोन्स हप्किन्सले कोरोना संक्रमितको सूचिकृत संख्या १० लाख पार गरेको बताएको छ । पछिल्लो समय अमेरिका कोरोना भाइरसको केन्द्रविन्दु बनेपछि संक्रमितको विश्व तथ्याकंले नयाँ बिन्दु पार गरेको छ ।
पछिल्ला सातामा संक्रमितको संख्या दोब्बर हुँदै गएपछि छोटो समयमै संक्रमितको संख्या १० लाख बढी भएको हो ।संक्रमित मध्ये झण्डै एक चौथाइ संख्या अमेरिकाको छ । त्यहाँ हालसम्म करिब २ लाख ४५ हजार जना भाइरसबाट संक्रमित भएको आधिकारिक तथ्याकं छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित इटाली र स्पेनमा भेटिएका छन्। त्यहाँ क्रमशः एक लाख १५ हजार २ सय ४२ र १ लाख १२ हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितको संख्या अमेरिकामा धेरै भेटिए पनि मृत्यु संख्या भने इटाली र स्पेनमा धेरै छ।इटालीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको ज्यान गइसकेको छ भने स्पेनमा १० हजार ३ सय ५८ जनाको ज्यान गएको छ। धेरै संक्रमित भेटिएको अमेरिकामा भने ६ हजार ७० जनाको ज्यान गएको छ।यस्तै २ लाख १२ हजार १८ जना संक्रमित निको भएका छन्।
संक्रमितको संख्या बढी रहेको अमेरिकाले कोरोना संक्रमणका कारण आफ्ना लागि आगामी दुई साता कठिन हुने यसअघि नै बताइसकेको छ। त्यसले गर्दा संक्रमितको संख्या अझ बढ्ने निश्चित छ । अमेरिकाले संक्रमणबाट आफ्ना झण्डै २ लाख ४० हजार नागरिकले ज्यान गुमाउने अनुमान गरेको छ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१