पोखरामा समाजिक कामको माध्यामबाट अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया प्रदान गरेको छ ।
चिनबाट सुरु भएको कोरोना भइरसको संक्रमण नेपालमा पनि देखिन थालेसंगै नेपाल सरकार संगै गण्डकी प्रदेश सरकारले समेत यसेको रोकथाम, नियन्त्रण तथा उपचारका लागी कोष स्थापना गरेको र उक्त कोषमा क्लवको तर्फबाट एकलाख रुपैया जम्मा गरिएको हो ।
सोमबार मुख्यमन्त्री कार्यालयमा क्लवका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ र क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङलाई एक लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण गर्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माण, सेती नदी संरक्षण र सौर्य वत्ती जडानमा काम गर्दै आइरहेको भएतापनि अघिल्लो वर्षदेखी छुट्टै विपद ब्यवस्थापन कोष स्थापना गरेको र सोही कोष अन्तर्गत आज कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया सहयोग गरेको वताए ।
क्लवकाले विशेष गरी तिहारको बेलामा देउसीभैलो कार्यक्रम गरी संकलन भएको रकमलाई विपत ब्यवस्थापन कोषमा जम्मा गर्दै आइरहेको वताउदै आगामी दिनमा पनि यस्ता विपदमा परेकाहरुलाई क्लवले सहयोग गर्ने वताए ।
यसअघिपनि धनगडीमा हावाहुरीबाट क्षती भएको परिवारहरुलाई युनाईटेड क्लवले नगद ७५ हजार रुपैया सहयोग प्रदान गरेको क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले वताए ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युनाईटेड क्लवले गरेको सामाजिक काम पोखरामानै उत्कृष्ट रहेको वताउदै सरकारले मात्र चाहेर नहुने विभिन्न संघ सस्था, क्लव, आमा समुह, युवा समुहहरुले समेत यस्तो विपदको घडीमा सहयोग गर्न आग्रह गर्दै प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैङ्कमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषको खाता नम्बर ३०२००१८८३०१ मा सहयोग रकम जम्मा गर्न समेत आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१