नयाँ दिल्ली, ९ चैत । भारतमा आइतबार जनता कफ्र्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कफ्र्यु लगाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भएको जनता कफ्र्यु १४ घण्टा मात्रै भएको अधिकारीहरुले जनाएका छन् । जनता कफ्र्युबाट एक अर्ब भन्दा धेरै मानिस प्रभावित भएको उनीहरुको भनाइ छ । स्थानीय समय अनुसार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म कफ्र्यु लागू हुने जनाइएको छ । सामाजिक सञ्जाल ट्वीटरमा प्रधामन्त्री मोदीले जनता कफ्र्युलाई पालना गर्न र कोरोना विरुद्धको लडाइँमा एकजुट हुन आह्वान गरेका छन् ।
उनले आजका लागि जनता कफ्र्यु लगाउन अघिल्लो हप्ता नै आह्वान गर्नु भएको थियो । यो जनता कफ्र्युबाट भाइरस विरुद्ध लड्ने भारतीय क्षमता परीक्षण हुने उनको भनाई छ । जनता कफ्र्युमा सबै जनता आफ्नै घरभित्र बस्ने र बाहिर ननिस्कने व्यवस्था गरिएको छ । जनता कफ्र्युका कारण भारतमा आइतबार आवश्यक सामग्री बेच्ने बाहेक सबै पसल, यातायातका साधनलगायत बन्द भएका छन् भने बजार सुनसान रहेका छन् । भारतका कतिपय स्थानमा यसअधि नै लामो समयका लागि बन्द घोषणा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१